युएई विरूद्धको पहिलो एकदिवसीयमा नेपाल ८४ रनले स्तब्ध

Thankot Times

थानकोट । 

घरेलु टोली नेपाल नेपाल युएईसँगको पहिलो एकदिवसीयमा ८४ रनले पराजित भएको छ । जितसँगै  पाहुना टोली ३ खेलको सिरिजमा १-० को अग्रता लिन सफल भएको छ । 

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रन बनाएको हो। 

युएईका लागि रोहन मुस्ताफाले सर्वाधिक ५३ रन बनाए। सोमपाल कामीको बलमा आशिफ शेखबाट क्याच आउट हुनुअघि उनले ७३ बलमा ७ चौका प्रहार गरे।

उत्कृष्ट सुरूआत गरेको युएईले पहिलो विकेटका लागि ओपनर मोहम्मद वासिम र भित्या अर्बिन्दले १४.२ ओभरमा ७५ रनको साझेदारी गरेका थिए। 

गुल्सन झाबाट बोल्ड हुनु अघि मोहम्द वासिमले ४४ रन बनाए। उनले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए। यस्तै दीपेनद्र सिंह ऐरीको बलमा एलबीडब्लु आउट हुनुअघि भ्रितिया अर्बिन्दले ८२ बलमा ६ चौकासहित ४० रन बनाए।

 कप्तान सिपी रिजवानले २ रन बनाए।

त्यसपछि आलिसान सराफूले ३९ बलमा २९ रन बनाए। उनले २ चौका प्रहार गरे। बसिल अहमद १४ रन बनाउँदा आयल अफजाल खानले २६ रन बनाए। अहमद राजा २७ रनमा नटआउट रहे। 

नेपालका लागि गुल्सन झाले २ विकेट लिँदा दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले १-१ विकेट लिए।

जवाफमा २६४ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन मात्र बनाउन सक्यो। 

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५४ रन बनाए। ८४ बल खेलेका उनले ६ चौका प्रहार गरेका थिए। यस्तै अर्जुन साउदले ७९ बल खेल्दै डेब्यूमै अर्धसतक प्रहार गरेका छन्। उनले ५ चौका प्रहार गरे।

ज्ञानेन्द्र मल्ल शून्यमा आउट हुँदा हरिशंकर साहले ८ रन जोडे। कुशल भुर्तेल ६, सोमपाल कामी र करन केसी ३-३ रन बनाए। यस्तै गुल्सन झाले १९ रन बनाए।

नेपाललाई  सस्तैमा रोक्न युएईकाआयन अफजाल खानले सर्वाधिक ४ विकेट लिए। एक दिवसीय करियरमा उत्कृष्ट बलिङ गरेका उनले १० ओभरमा ४ मेडन राख्दै १४ रन खर्चिए। 

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *