प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट: फाइनलमा एपीएफ र आर्मी भिड्दै

थानकोट ।
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल आज हुँदैछ ।
नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा एपिएफका कप्तान शर भेषावकरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
लामो समयको विवादपछि तीव्र गतिका बलर सोमपाल कामीले फाइनल खेल्न पाउने भएका छन् ।आर्मीले आजको खेलमा आर्मीले एक परिवर्तन गरेको छ । स्पिनर साहब आलमको औंलामा चोटका कारण सोमपाल कामी आएका छन् ।
आर्मीले आजको खेलमा सोनु तामाङ, आकाश चन्द र साहब आलम बेन्चमा छन् । एपिएफले आजको खेलमा आयुषमान बम, दीपक बोहरा र पुरन विकलाई बेन्चमा राखेका छन् ।