धादिङको लगनशिल आज सी डिभिजन छनोटको नकआउट खेल खेल्दै

Thankot Times

थानकोट ।

शहीद स्मारक सी डिभिजन लिग फुटबल छनोट प्रतियोगिताको लिग चरणमा समुह विजेता बनेको धादिङ ज्वालामुखीको लगनशिल युवा क्लव आज नकआउट चरणको खेल खेल्दैछ ।

ग्रुप डी बाट नकआउट चरणमा पुगेको कालिका महाविर स्पोर्टस क्लब र धादिङको लगनशिलबीचको खेल आज ११:१५ बजे एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा हुनेछ ।

नकआउट चरण प्रवेशका लागि ग्रुप ई मा रहेको लगनशिलले असोज ११ गते सानो गौचरण क्लबसँग बराबरी खेलेको थियो भने असोज १४ गते सिद्धी मेमोरियल भक्तपुरलाई पराजित गरेको थियो ।

सी डिभिजन लिगको छनोट प्रतियोगितामा धादिङ जिल्लाबाट ज्वालामुखीको लगनशिल र धुनीबेसीको बच्छलादेवी युथ क्लब सहभागी भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *