धनबहादुर स्मृति कराँते प्रतियोगिता आजबाट

थानकोट ।
साताैं धनबहादुर स्मृति राष्ट्रिय अफिसियल कराँते प्रतियोगिता आजबाट सुरू हुँदैछ । चन्द्रागिर नगरमा कराँते खेल भित्र्याउने अग्रज धनबहादुर महर्जनको स्मृतिमा प्रतियोगिता आयोजना हुन लागेको कार्यक्रम संयोजक एवं प्रतिष्ठानका अध्यक्ष संघरत्न महर्जनले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।
आयोजकका अनुसार चन्द्रागिरि १० बोसिगाउँमा चैत्र १८ र १९ गते सञ्चालन हुने प्रतियोगितामा विभिन्न विधामा प्रतिस्पर्धा गराइनेछ ।