चन्द्रागिरि नगरमा आधारभूत तहका विद्यार्थीहरूबीच चित्रकला प्रतियोगिता हुने

Thankot Times

थानकोट ।

विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूको प्रतिभा पहिचानका लागि चन्द्रागिरि नगरपालिकाले विविध प्रतियोगितात्मक कार्यक्रमहरू संचालन गर्ने भएको छ । सो कार्यक्रम अन्तर्गत नगरपालिकाले कार्तिक २७ गते आइतबार आधारभूत तहका विद्यार्थीहरूबीच खुल्ला चित्रकला प्रतियोगिता आयोजना हुने तालिका सार्वजनिक गरेको छ ।

चन्द्रागिरि नगरपालिका-१४ नैकाप भञ्ज्याङस्थित मंगल माविमा मेरो कल्पनाको विद्यालय शीर्षकमा चित्रकला प्रतियोगिता हुने नगर शिक्षा शाखाले जनाएको छ ।

प्रतियोगितामा नगर क्षेत्रका सबै विद्यालयहरूले समान १-१ जना प्रतियोगी सहभागी गराउन सक्ने बताइएको छ ।

 

 

प्रतिकात्मक तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *