साफ यू-१५ महिला च्याम्पियनसीपः नेपाल र बंगलादेशबीच खेल हुँदै

Thankot Times

थानकोट । 

बंगलादेशमा जारी साफ १५ वर्ष मुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज शनिबार दोस्रो खेल खेल्दैछ ।

नेपालले दोस्रो खेलमा आयोजक तथा बलियो टोली बंगलादेशको सामना गर्नेछ । ढाकामा हुने खेल स्थानीय समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।

नेपाल शनिबार लगातार दोस्रो जितको योजनामा हुनेछ । तर, बंगलादेशविरुद्ध नेपाललाई सहज हुने छैन ।

आफ्नो पहिलो खेलमा नेपाल र बंगलादेश दुबैले भुटानलाई हराएको थियो । बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७-० गोलले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो ।

उद्घाटन खेलमा भुटानलाई बंगलादेशले ८-० ले हराएको थियो । नेपाल ३ अंक जोडेर दोस्रो स्थानमा छ । बंगलादेश ३ अंक जोडेर शीर्ष स्थान रहेको छ । भुटान अंक विहीन रहदै पुछारमा छ ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *