पिपुल्स हाइड्रोपावर ले ५६ लाख कित्ता साधारण शेयर निष्कासन गर्दै

Thankot Times

थानकोट । 

पिपुल्स हाइड्रोपावर कम्पनीले ठूलो मात्रामा सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले २५ कात्तिकबाट आवेदन दिन मिल्ने गरी आईपीओ खुला गर्ने भएको हो । 

कम्पनीले प्रतिशेयर अंकित मुल्य १ सय रुपैयाँका दरले ५६ लाख ६ हजार ३ सय ९० कित्ता  साधारण शेयर निष्कासन गर्नेछ । जसमा सर्वासाधारणको हिस्सा ५१ लाख ५७ हजार ८ सय ८० कित्तामा रहन्छ भने बाँकी ८ लाख ६ हजार ३ सय ९० कित्ता स्थानीय बासिन्दामा रहनेछ ।

यस्तै १ लाख ६८ हजार १ सय ९० कित्ता शेयर भने कम्पनीले आफ्ना कर्मचारीका लागि छुट्एाको छ । सामूहिक लगानी कोषहरूका लागि भने कम्पनीले २ लाख ८० हजार ३ सय २० कित्ता शेयर छुट्याएको छ । बाँकी ५१ लाख कित्तामा भने सर्वसाधरणले आवेदन दिन पाउने छन् । 

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम् १ लाख कित्तासम्म आवेदन दिन सकिने छ। आईपीओको निष्कासन तथा बिक्री कात्तिक २९ गतेसम्म रहनेछ । 
 


Leave a Reply

Your email address will not be published. Required fields are marked *