त्रिभुवन पार्कमा स्थानीयको स्वामित्व, मातातीर्थमा देशकै सबैभन्दा ठूलो आमाको मूर्ति बनाउने एमालेको घोषणा
थानकोट ।
आम निर्वाचन लक्षित गरि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले क्षेत्रगत रूपमा समेत घोषणापत्र सार्वजनिक गरेको छ । नेकपा एमालेले शुक्रबार काठमाण्डाै क्षेत्र नं. १० ख शुक्रबार चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कर्तिक १५ गते मुल घोषणापत्र सार्वजनिक गरेका थिए ।
चुनावी घोषणाः ‘हेटौंडा-काठमाडौं रोप वे सेवालाई पुनः संचालन गरिनेछ’- नेकपा एमाले
विभिन्न विषयगत शीर्षकमा छुट्टाइएको काठमाण्डाै क्षेत्र नं. १० प्रदेश सभा २ प्रतिबद्धता पत्रको सार यस्तो छः
- काठमाण्डाै क्षेत्र नं. १० प्रदेश २ लाई प्रदेशकै नमुना प्रदेशका रूपमा विकास गरिने
- थानकोट चित्लाङ सडक पूरा गरिने
- सुरूङ मार्ग संचालनमा पुनः पहल गरिने
- वन क्षेत्र जोड्ने सडक निर्माण गरिने
- न्युनतम दरमा खानेपानी उपलब्ध गराउने
- त्रिभुवन राजपथ गर्दा व्यक्तिको सम्पति माथिको हक सुरूक्षित गर्दै समय सापेक्ष मुआब्जा र क्षतिपूर्तिका लागि पहल गरिने
- हरेक वडामा एक-एक गाैरवका आयोजना सञ्चालन गरिने
- प्रदेशमा सुविधा सम्पन्न आइसीयू सहित १५ शैइयाको अस्पताल निर्माण तथा वडा स्तरीय स्वास्थ्य चाैकीको स्तरोन्नति
- स्वरोजगारको सृजना गर्न आवश्यक नीति ल्याइने
- पुरै निर्वाचन क्षेत्रलाई हरियाली प्रदेशका रूपमा विकास गरिने
- त्रिभुवन पार्कलाई स्थानीय स्वामित्वमा ल्याइ व्यवस्थित रूपमा संचालन गरिने
- मातातीर्थ क्षेत्रमा नेपालकै सबैभन्दा ठूलो आमाको मूर्ति निर्माण गरिने
- मच्छेगाउँमा रहेको ठूलो बुद्ध स्तुपा क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने
- मुख्य मुख्य सम्पदाको धार्मिक ट्रलको रूपमा विकास गरिने
- युवाहरूलाई समयसापेक्ष सिपमुलक तालिमकत्र व्यवस्था
- खेलाडीका लागि बीमाको व्यवस्था
- सार्वजनिक निर्माण लगायत हरेक आर्थिक क्रियाकलापको सार्वजनिक परीक्षण अनिवार्य गरिने
- जनप्रतिनिधि र उनका निकटका नातेदारलाई सम्बन्धित निर्वाचन क्षेत्रभित्र सार्वजनिक निर्माणमा सहभागित हुन नपाउने गरी खरीद ऐन र नियमावलीमा संशोधन गर्न पहल गरिने