सुनको मूल्य घट्दा चाँदीको बढ्यो

थानकोट ।
शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ घटेको हो। बिहीबार सुनको मूल्य तोलामा चार सय रुपैयाँ घटेको थियो।
बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।