साफ यू१५ महिला च्याम्पियनसिप: भुटानको पोष्टमा नेपालको ७ गोल

Thankot Times

थानकोट ।

नेपालले बंगलादेशमा जारी साफ यू- १५ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।

नेपालले भुटानमाथि ७-० को फराकिलो जित निकाल्दै विजयी सुरुआत गरेको हो ।

बंगलादेशको ढाकास्थित बीएसएसएसएमके स्टेडियममा बिहीबार भएको खेलमा नेपालको फराकिलो जितमा वर्षा ओलीले ह्याट्रिकसहित चार गोल गर्दा सुक्रिया मियाले दुई तथा सेनु परियारले एक गोल गरिन् ।

भुटानको यो लगातार दोस्रो हार हो । यसअघि भुटान पहिलो खेलमा बंगलादेशसँग ८–० ले पराजित भएको थियो । अब नेपालले ५ नोभेम्वरमा बंगलादेशसँग खेल्नेछ । त्यसपछि ९ नोभेम्वरमा भुटान तथा ११ नोभेम्वरमा बंगलादेशसँग खेल्ने तालिका छ ।

च्याम्पियनसिपमा तीन राष्ट्रले डबल राउण्ड रोविन लिगका आधारमा खेल्नेछन् ।

धेरै अंक बटुल्ने टोली च्याम्पियनसिपको च्याम्पियन बन्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *