चुनावी घोषणाः ‘हेटौंडा-काठमाडौं रोप वे सेवालाई पुनः संचालन गरिनेछ’- नेकपा एमाले
थानकोट ।
नेकपा एमालेले बन्द रहेको हेडौंडा-काठमाडौ रोप वे सेवालाई पुनः संचालन गर्ने घोषणा गरेको छ ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको लागि मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सो बारे जानकारी गराएका हुन् ।
एमालेले रोप वेलाई पुनः सञ्चालन गरी काठमाडौं केन्द्रित मालसामानको ढुवानी गर्ने उनले बताए ।
यस्तै, नेकपा एमालेले आफ्नो नेतृत्वमा सरकार बने आगामी ५ वर्षभित्रै देशमै रासायनिक मल कारखाना खोल्ने घोषणा पनि गरेको छ । एमालेले नेपालीहरूको खानपिनको बानीमा परिवर्तन गरी ५ वर्षमा पाँच लाख परिवारलाई खाद्य सुरक्षा प्रदान गर्नुका साथै प्रत्येक वर्षमा १ लाख परिवारलाई खाद्य सुरक्षा दिइने घोषणापत्रमा उल्लेख गरिएको छ ।