पहेंलो धातुको मूल्यमा वृद्धि

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सुनको भाउ बढेको छ । सोमबार तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार १ सय रुपैयाँ पुगेको हो ।

त्यस्तै, आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ सय रुपैयाँले बढेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २१५ रुपैयाँमा किनबेच भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ८ सय २० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७९ हजार ३ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४२ रुपैयाँ कायम गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *