काठमाण्डाै क्षेत्र नं. १० मा ‘फ्रेण्डली कन्टेस्ट’ का लागि केन्द्रबाटै निर्देशन भएको हो- राजेन्द्रकुमार केसी
थानकोट ।
मंसिर ४ गतेका लागि तय भएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाण्डाै क्षेत्र नं. १० मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच मित्रवत प्रतिस्पर्धाका लागि केन्द्रबाटै निर्देशन भएको बताइएको छ ।
मंगलबार कीर्तिपुरमा आयोजित एक टेलिभिजन बहस कार्यक्रमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्व सांसद् राजेन्द्र कुमार केसीले यस क्षेत्रमा नेकपा माओवादी केन्द्रको समेत राम्रो संगठन रहेको कारण केन्द्रबाट मित्रवत रूपमा प्रतिस्पर्धा गर्न निर्देश भएअनुसार उम्मेदवारहरू खडा भएको बताए । यस क्षेत्रमा नेपाली काँग्रेसबाट प्रतिनिधि सभाका लागि केसी तथा नेकपा माओवादी केन्द्रबाट अन्जना विशंखेले पनि उम्मेदवारी दिएका छन् भने प्रदेश तर्फ १० १ मा नेकपा माओवादी केन्द्रबाट दिलिप महर्जन तथा प्रदेश १० २ मा एकीकृत समाजवादीबाट रमा आलेमगर तथा नेकपा माओवादी केन्द्रबाट गणेश कुँवरले पनि उम्मेदवारी दिएका छन्। केसीले यस क्षेत्रमा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका कोही पनि बागी उम्मेदवार समेत नरहेको प्रष्ट पारेका छन् ।