तिहार लक्षित बजार अनुगमनका क्रममा लालमोहनमा साङ्ला पाैडी खेलिरहेको भेटिएपछि..

थानकोट ।
खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले बजार अनुगमनमा तिव्रता दिएको छ । तिहार लक्षित बजार अनुगमनका क्रममा खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागको टोली शनिबार ललितपुर-४ स्थित गणपति स्वीट हाउसमा पुग्यो । तिहार लक्षित व्यापारका लागि मिठाइका सजावटले झकिझकाउ पसलको भान्सामा लालामोहन र समोसाहरु थिए । जसमध्ये लालमोहन रहेको एउटा भाँडोमा साङ्ला डुबिरहेको थियो । अनुगमनमा खटिएका खाद्य निरीक्षक पदमराज भुसालकाअनुसार टोलीले नभेटेको भए उक्त लालमोहन बिक्रीका लागि उपभोक्ताकोमा जाने निश्चित थियो ।
‘भान्सा फोहोर थियो, लालमोहनमा साङ्ला डुबेर मरेको थियो,’ भुसाल भन्छन्, ‘सोमोसा पनि लिखित कागजमा प्याक गरेर राखेको अवस्थामा भेटियो ।’ अनलाइनखबरमा समाचार छ ।
विभागले उक्त मिठाइ भण्डारबाट साङ्ला डुबेको ५१ पिस लालमोहन, १७ पिस समोसा जफत गरेर नष्ट गरेको छ । यस्तै उत्पादनस्थल सफाइ गरेर ७ दिनभित्र विभागमा जानकारी गराउन पनि विभागले निर्देशन दिएको छ ।