फ्रान्समा हुने वर्ल्ड मोटर स्पोर्टसमा सहभागिता जनाउँदै चन्द्रागिरिका अनिल बराल

Thankot Times

थानकोट ।

फ्रान्सको तटीय शहर मार्सिलिमा हुने विश्व मोटर स्पोर्टस्-२०२२ मा नेपालबाट एक महिलासहित तीन जनाले सहभागिता जनाउने भएका छन् । अक्टोबर २६ देखी ३० सम्म सञ्चालन हुने सो प्रतियोगितामा विभिन्न ९० मुलुकका १ हजार भन्दा धेरै खेलाडीहरूले विभिन्न १७ वटा विधामा प्रतिस्पर्धा गर्नेछन् । यस प्रकारको खेलकुदमा पहिलोपटक नेपाली खेलाडीहरूले सहभागिता जनाउन लागेको नेपाल अटोमोबाइल एसोसियशन (नासा)ले जनाएको छ ।

उक्त प्रतियोगितामा चन्द्रागिरि नगरपालिका ८ मातातीर्थका अनिल बराल सहित दिप्रश शाक्य र जिस्वाँ तुलाधारले सहभागिता जनाउनेछन् ।

चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, नगर प्रवक्ता एवं वडा नं. ४ का अध्यक्ष कृष्णप्रसाद खड्गी लगायत अन्य वडाका वडाध्यक्ष, वडासदस्य तथा नगरका कर्माचारीले आइतबार बराललाई शुभकामनासहित बिदाइ गरेका छन् ।

थानकोट टाईम्ससँग कुरा गर्दै बरालले नेपालमा कमै सुनिएको तर पछिल्लोपटक युवाहरूमा निकै रूचाइएको मोटर स्पोर्टस् खेलको विकासमा राज्यले खासै चासो नदेखाएपनि नीजि क्षेत्रको प्रयास प्रशंसायोग्य भएको बताए ।

मोटर स्पोर्टसका राष्ट्रिय खेलाडी अनिल कुमार बराल, जिस्वाँ तुलाधार तथा दिप्रश शाक्यले नासा नेपालको तर्फबाट उक्त प्रतियोगितामा क्रमशः अटो स्लालोक र कार्टिङ स्प्रिन्ट सिनियर विद्यामा सहभागिता जनाउने नासाले जनाएको छ ।

प्रतियोगितालाई मोटर स्पोर्टसको संसारमा वर्ल्ड कप सरहको रुपमा हेरिने र सबै भन्दा बढी रुचाइएको मोटरस्पोर्टस्  गेम एक साहासिक खेल रहेको जनाउँदै नासाले भनेको छ-“नेपाली खेलाडीहरुको उपस्थिति मात्रले नै राष्ट्रको नाम र झण्डा उच्च रहनेछ । खेलाडीहरुसँग कुरा गर्दा उहाँहरुको आत्मबल र राष्ट्रिय झण्डा विश्व सामु फहरउँने अभियानको व्याख्या सुन्दा राष्ट्रप्रेममा खेलाडीहरु समर्पित रहेको आभास हुनेछ ।”

विश्वमा लोकप्रिय मानिएको मोटर स्पोर्टस् नेपालमा भने ढेड दशक आगडिबाट संस्थागत शुरुवात भएको हो । विश्वमै यसका दुइ दर्जन ज्यादा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भैरहेको अवस्थामा करिब ओलम्पिक फम्यार्टमा भने केहि वर्ष आगाडी मात्र मोटर स्पोर्ट्स गेम्स् को शुरुवात भएको हो । अन्य प्रतियोगितामा गाडीको व्राण्डीङ्ग, कोर्पोरेट सहभागिता ड्राइभर्स र टिमको व्राण्डीङ्ग जस्ता विषयलाई मुख्य आधार मानिन्छ भने यसमा सहभागी देश र झन्डा देशको नाममा ड्राइभर्स र टिमको ब्राण्डिङ्ग तथा राष्ट्रिय टिम र खेलाडी को सहभागिता मुख्य आधार रहेकोले पनि प्रतियोगिता महत्वपूर्ण हुने नासाका अध्यक्ष दशरथ रिसालले जनाएका छन् ।

प्रतियोगितामा सहभागी तिन जना खेलाडीले नै थुप्रै राष्ट्रिय प्रतियोगिता तथा एसिया प्यासिफिक तहको अटो जिमखाना तथा कार्ट्समा सहभागिता जनाएको रेकर्ड रहेको जनाउँदै यदुराज लामिछाने र सृजना बराल अफिसियलका रुपमा रहने जनाइएको छ । प्रतियोगितामा नेपाली टिमको सहभागिताको लागि रजिष्ट्रेसन, इक्युप्मेन्ट्स, हवाई भाडा र बसोबासका लागि अनुमानित ३२ लाख खर्च लाग्ने संस्थाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *