सुन-चाँदीको मूल्य स्थिर

थानकोट ।
साताको पहिलो दिन नेपाली बजारमा आज सुन-चाँदीको मूल्य स्थिर छ ।
आज छापावाल सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो शनिबार सुन सोही मूल्यमा कारोबार भएको थियो ।
आज चाँदी प्रति तोला १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ। शनिबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।