नैकाप गोल्डकपको पाँचाै संस्करण सम्पन्न, उपाधि तारकेश्वर युथ क्लबलाई

Thankot Times

थानकोट ।

नैकाप गोल्डकपको पाँचाै संस्करण सम्पन्न भएको छ । चन्द्रागिरि स्पोर्टस् एकेडेमीको आयोजनामा चन्द्रागिरि नगरपालिका नैकापस्थित फुटबल मैदानमा असोज १० गतेबाट सुरू भएको प्रतियोगिता शनिबार हजाराैं समर्थकहरूको माझ टाइब्रेकरमा तारकेश्वर युथक्लबलाई पुनः विजेता चुन्दै नैकाप गोल्डकपको पाँचाैं संस्करणको बिट मारिएको हो ।

बाँडभञ्ज्याङको ब्लुबेल एफसी पुनः लगातार दोश्रो पटक तारकेश्वरसँग सडेन डेथकै शिकार बन्यो । टाइब्रेकरमा तारकेश्वरले ५-४ ले  विजयी भयो । ब्लु बेलका सुरज ज्यु ठकुरीको प्रहार तारकेश्वरका गोलरक्षक समित श्रेष्ठले विफल बनाएका थिए ।

निर्धारित समयमा दुवै टोलीबाट गोलका केही अवसरहरू सदुपयोग हुन नसक्दा गोलरहित बराबरीमा सकिएको थियो ।
उपाधिसँगै तारकेश्वरले ट्रफी सहित नगद पाँच लाख रूपैयाँ हात पारेको छ । उपविजेता ब्लु बेल एफसी को हातमा नगद दुई लाख पचास रूपैयाँ परेको छ ।
त्यस्तै, व्यक्तिगत विधातर्फ उच्च गोलकर्ता गोल्ड स्टारका मिशन लामा, सर्वोत्कृष्ठ खेलाडी ब्लु बेलका सुजित बुढाथोकी , सर्वोत्कृष्ट डिफेण्डर ब्लु बेलका सबिन खड्का, सर्वोत्कृष्ठ प्रशिक्षक तारकेश्वरका राजु माली र सर्वोत्कृष्ट गोलरक्षक तारकेश्वरका समित श्रेष्ठ चुनिँदै जनही नगद पन्ध्र हजार रूपैयाँ तथा ट्रफी प्राप्त गर्न सफल रहे ।
प्रतियोगिताका दुवै सेमीफाइनालिस्ट गोल्ड स्टार युथ क्लब र गणेशमान स्मृति फुटसल क्लब समान ५०-५० हजार रूपैयाँ प्रोत्साहन रकम प्राप्त गरे । चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत, जिसस काठमाण्डाै प्रमुख सन्तोष बुढाथोकी, चन्द्रागिरि नगरका प्रवक्ता एवं चन्द्रागिरि ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गी, विभिन्न वडाका वडाध्यक्षहरू लगायतले विजेताहरूलाई पुरस्कार वितरण गरेका थिए ।
सो क्रममा चन्द्रागिरि स्पोर्ट्स अवार्डबाट महिला भलिबल खेलाडी प्रतिभा मालीलाई सम्मान गरिएको छ । सो पुरस्कारको राशी  पचास हजार रूपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *