‘चन्द्रागिरि नगर खेल पर्यटनका लागि उत्कृष्ठ गन्तव्य’- नगरप्रमुख गिरी

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगर क्षेत्रमा हुने हरेक प्रकारका खेलहरूकाे प्रवर्द्धनका लागि नगरपालिका सदैव तत्पर रहेको बताउनुभएको छ ।

शनिबार चन्द्रागिरि नगरपालिका नैकापमा पाँचाै नैकाप गोल्डकपको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख गिरीले सो बताउनुभएको हो ।

नैकाप फुटबल मैदानको स्तरोन्नति गर्ने कार्यमा नगरपालिकाले निरन्तर बजेट विनियोजन गरिरहेको जानकारी दिनुहुँदै निर्माण हुन बाँकी रहेका पूर्वाधारहरूको यथासिघ्र निर्माणका लागि नगरपालिकाले पहिलो प्राथमिकता दिने बताउनुभयो ।

सो क्रममा नगरप्रमुख गिरीले चन्द्रागिरि नगरपालिका धार्मिक, सांस्कृतिक र पर्यटकीय नगरका अतिरिक्त खेल पर्यटनका लागि रूपान्तरित भइरहनु सबै नगरबासीहरूका लागि सुखद पक्ष रहेको बताउनुभयो ।

नगरप्रमुख गिरीले चन्द्रागिरि नगर क्षेत्रमा बसोबास गरिरहेका खेलाडीहरूको प्रतिभा पहिचानका लागि कुनै कसर बाँकी नराख्ने धारणा राख्नुभयो ।

नैकाप गोल्डकप समापन समारोहमा बोल्नुहुँदै जिल्ला समन्वय समिति काठमाण्डाैका प्रमुख सन्तोष बुढाथोकीले नैकाप फुटबल मैदानको स्तरोन्नतिका लागि अावश्यक पर्ने सहयोग र समन्वयका लागि जिसस सदैव तयार रहेको धारणा राख्नुभयो ।

त्यस्तै, नैकाप गोल्डकपको समापन समारोहमा बोल्नुहुँदै नागार्जुन नगरपालिकाका प्रमुख मोहन बस्नेतले चन्द्रागिरि स्पोर्टस् एकेडेमीले स्थानीय स्तरमा फुटबल खेलको संरक्षण र संवर्द्धनमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।

सो क्रममा नगरप्रमुख बस्नेतले नैकाप फुटबल मैदानलाई फुटबल एकेडेमीमा रूपान्तरित गर्न सकेमा नेपालको फुटबल विकासमा महत्वपूर्ण योगदान पुग्ने धारणा राख्नुभयो ।

 

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *