चन्द्रागिरि नगरमा यसपटक न्हूःदॅंको अवसरमा भिन्तुना र्याली कार्यक्रम नहुने

Thankot Times

थानकोट ।

नेपाल संवत् ११४३ का अवसरमा चन्द्रागिरि नगर क्षेत्रमा यसपटक भिन्तुना र्याली कार्यक्रम नहुने भएको छ ।

ईटाःख्य, बालाःगां व नगांःचा नेवा पुचः को बैठकले संस्कृतिविद् शताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको शोकमा यस वर्ष न्हूःदॅंको अवसरमा भिन्तुना र्याली कार्यक्रम नगर्ने निर्णय गरेको बताइएको छ ।

पुचः को बैठकले शताब्दी पुरूष जोशीको निधनमा कार्तिक ५ गते बिहान चन्द्रागिरि ६ मातातीर्थमा शोक सभा गर्ने निर्णय गरेको बताइएको छ ।

सांकेतिक मूल तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *