चन्द्रागिरि नगरका सबै सहकारीले सूचना अधिकारी तोक्नुपर्ने

थानकोट ।
चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरूले सूचना अधिकारी तोक्नुपर्ने भएको छ ।
सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ६ को उपदफा १ र नियमावली २०६५ को नियम २४ क बमोजिम सूचनाको हकको प्रत्याभूति सुनिश्चित गर्न प्रत्येक सार्पजनिक निकायले सूचना अधिकारी तोक्नुपर्ने भए बमोजिम नगर क्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरूका लागि सूचना अधिकारी तोक्न अनुरोध गरिएको नगरका आर्थिक विकास शाखा प्रमुख राजु बहादुर खड्काले जानकारी दिए ।
कति होलान् चन्द्रागिरि नगरपालिकाले नियमन गर्ने सहकारीको संख्या ? चन्द्रागिरि १२ मा छन् २२ वटा सहकारी