श्रीलङ्का टी-२० विश्वकपको सुपर १२ मा प्रवेश

Thankot Times

थानकोट । 

गत महिना एसिया कपको उपाधि जितेको श्रीलङ्काली क्रिकेट टोलीले बिहीबार नेदरल्यान्डलाई १६ रनले पराजित गर्दै टी-२० विश्वकपको सुपर १२ मा स्थान सुरक्षित गरेको छ ।

नामिबियासँगको पहिलो खेलमा हार खेपेको श्रीलंकाले बाँकी दुई खेलमा जित दर्ता गर्दै सुपर १२ मा प्रवेश गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ६ विकेट गुमाएर १६२ रन बनाएको थियो । लक्ष्य पछ्याएको नेदरल्याण्ड्सको टोली २० ओभरमा ९ विकेटको क्षतिमा १४६ रनमा समेटिएको थियो । अब नेदरल्यान्ड्सले विश्वकपमा छनोट हुन युएईले नामिबियासँगको खेल जित्नु आवश्यक छ । विश्वकपमा श्रीलंका कुन समूहमा परेको छ भन्ने अझै स्पष्ट भइसकेको छैन् ।

यसको निर्णय पनि नामिबिया र युएईबीचको खेलपछि हुनेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *