काँग्रेसको काठमाण्डाै क्षेत्र नं. १० को चुनाव प्रचार समिति संयोजकमा धर्मानन्द श्रेष्ठ

Thankot Times

थानकोट ।

आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको प्रचारप्रसारका लागि नेपाली काँग्रेसले काठमाण्डाै क्षेत्र नं. १० का लागि मुल प्रचार प्रसार समिति गठन गरेको छ ।

बुधबार कीर्तिपुरस्थित आयोजित एक कार्यक्रममा क्षेत्र न.१० का क्षेत्रीय उपसभापति एंवम् प्रदेश ‘ख’ का सभापति धर्मानन्द श्रेष्ठको नेतृत्वमा १ हजार १ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरिएको काठमाण्डाै क्षेत्र नं. १० प्रदेश २ का सचिव विष्णु शाहीले जानकारी दिए ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि यस क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसले उम्मेदवारी उठाएको छ भने प्रदेश १ मा नेपाली काँग्रेसकै पुकार महर्जन तथा प्रदेश २ मा नेकपा एकीकृत समाजवादीकी रमा आलेमगर उम्मेदवार छन् । यस क्षेत्र तथा प्रदेश तर्फ सत्ता गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रले पनि उम्मेदवार खडा गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *