सुन-चाँदीको मूल्य बढ्यो

थानकोट ।
नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मूल्य ९३ हजार ४ सय, तेजावी सुनको मूल्य ९२ हजार ९ र र चाँदीको मूल्य ११ सय ८० रुपैयाँ प्रतितोला कायम भएको छ ।
सोमबार सुनको मूल्य ९३ हजार ३ सय र चाँदीको मूल्य ११ सय ६० रुपैयाँ थियो ।