सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

थानकोट ।
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज तोलामा २०० रुपैयाँले बढेर कारोबार भइरहेको छ ।
आइतबार तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन आज ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।
आज चाँदी १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।