पाँचाैं नैकाप गोल्डकपको सेमिफाइनल समिकरण पूरा, पहिलो सेमिफाइनल कार्तिक १ गते

Thankot Times
थानकोट ।
पाँचाैं नैकाप गोल्डकपको सेमिफाइनल समिकरण पूरा भएको छ । शनिबार क्वाटरफाइनल चरणका खेलहरू सकिएसँगै प्रतियोगिताको सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेक हो ।
नैकापस्थित फुटबल मैदानमा हजाराैं दर्शकहरू उपस्थितिमा सम्पन्न स्थानीय गोल्डस्टार युवा क्लब र क्लीन भिजन युनिटीबीचको खेलमा गोल्डस्टार ३-२ ले विजयी भयो ।
प्रतिस्पर्धात्मक खेलमा खेलमा गोल्ड स्टारका लागि प्रतियोगिताका सर्वाधिक गोलकर्ताको सूचीमा रहेका मिसन लामाले २ गोल गरेका थिए डिकेश खड्गीले टिमका लागि निर्णायक गोल गरेका थिए ।
क्लीन भिजनका कर्मा शेर्पा र प्रज्वल शाहीले समान १-१ गोल् गरे । खेलका म्यान अफ दि म्याच गोल्ड स्टार युथ क्लबका राजेन्द्र रावल चुनिए । गोल्डस्टारले फाइनल प्रवेशका लागि साबिक उपविजेता ब्लु बेल एफ सी को कार्तिक २ गते प्रतिस्पर्धा गर्नेछ ।
शनिबार नै सम्पन्न दिनको पहिलो क्वाटरफाइनल खेलमा गुणकेशरी युथ क्लब माथि २-० को सहज जित हात पार्दै गणेशमान स्मृति फुटसल क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गर्यो । कार्तिक १ गते हुने पहिलो सेमिफाइनलमा गणेशमान स्मृतिले तारकेश्वरसँग प्रतिस्पर्धा गर्नछ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *