सम्पत्ति शुद्धीकरण मुद्दामा इच्छाराज तामाङसहित तीन जनालाई थुनामा राख्न विषेश अदालतको आदेश

थानकोट ।
सिभिल सहकारीका अध्यक्ष एवं पूर्वसभासद इच्छाराज तामाङसहित तीन जनालाई सम्पती शुद्धीकरण मुद्दामा थुनामा नै राखेर अनुसन्धान गर्ने विशेष अदालतले आदेश दिएको छ। अदालतमा हाजिर भएका तीन जनालाई आज थुनामा राख्ने विशेष अदालतले थुन्छेक आदेश दिएको हो।
अदालतमा हाजिर भएका तामाङ, उनकी श्रीमती सृजना तामाङ र केशवलाल श्रेष्ठलाई थुनामा राख्न आदेश दिएको हो।
ठगी र संगठित अपराध कसुरमा थुनामा रहेका सिभिल सहकारीका अध्यक्ष एवं पूर्वसभासद इच्छाराज तामाङसहित ६ जना विरुद्ध ५ अर्ब ६७ करोड ५५ लाख २४ रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको थियो। तामाङले मात्र ३ अर्ब ३१ करोड ८५ लाख रुपैयाँ गैरकानुनीरूपमा आर्जन गरेको विभागको अनुसन्धानले देखाएको छ।
विभागले विशेष अदालतमा तामाङविरुद्ध मुद्दा दर्ताको गरेको थियो, पहिलोपोष्टमा खबर छ। तामाङकी श्रीमती सृजना शाक्य तामाङ, छोरीहरु प्रतीक्षा र प्रतिष्ठा तामाङविरुद्ध पनि मुद्दा दायर भएको छ। यस्तै केशवलाल श्रेष्ठ र मिनाकुमारी श्रेष्ठविरुद्ध पनि मुद्दा दायर भएको थियो।