सतुंगलबाट समातिए बैकिङ कसुर मुद्दाका फरार व्यक्ति
थानकोट ।
नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २५ लाख रूपैयाँ जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ।
प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको टोलीले बैकिङ कसुर मुद्दामा फरार भारत हरियाना घर भई काठमाडौं महानगरपालिका वडा नम्बर १२ बस्ने ४४ वर्षीय शशी शर्मालाई बिहीबार दिउँसो पक्राउ गरेको हो।
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २५ लाख जरिवाना ठहर भएपछि फरार शर्मालाई बिहीबार चन्द्रागिरि नगरपालिका सतुंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका शर्मालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको सो कार्यालयले जनाएको छ।