काठमाण्डाै क्षेत्र नं. ९ का २ जना उम्मेदवारको मनोनयन फिर्ता
थानकोट ।
आसन्न प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दर्ता भएको उम्मेदवारको मनोनयन फिर्ता लिने समयसीमा सकिएको छ ।
सर्वत्र चासोका साथ हेरिएको काठमाण्डाै क्षेत्र नं. १० तथा सो क्षेत्रका २ प्रदेशमा उम्मेदवारी दर्ता गराएका मध्ये ३ उम्मेदवारले मनोनयन फिर्ता लिएको निर्वाचन अधिकृत फणेश्वरी घिमिरेले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।
उम्मेदवारी फिर्ता लिने समय सकियो, काठमाण्डाै क्षेत्र नं. १० मा कस-कसले लिए उम्मेदवारी फिर्ता ?
त्यस्तै, काठमाण्डाै क्षेत्र नं. ९ मा संघतर्फ कुनैपनि उम्मेदवारले मनोनयन फिर्ता नलिएको सहायक निर्वाचन अधिकृत नविन आचार्यले जानकारी दिनुभयो । यस क्षेत्रको प्रदेशतर्फ प्रदेश क बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका विमल प्रसाद कँडेल र प्रदेश ख बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका राधेश्याम पनेरुले मनोनयन फिर्ता लिएका छन् ।
उम्मेदवारहरूको अन्तिम नामावली आज नै प्रकाशित हुनेछ भने साँझ निर्वाचन चिन्ह दिइने निर्वाचन कार्यतालिका रहेको छ।