काठमाण्डाै १० को सांसद् बन्न १९ जनाको उम्मेदवारी, प्रदेश क मा ११ अनि प्रदेश ख मा १२ जनाको इच्छा
थानकोट ।
आसन्न प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज देशका सबै मतदान अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । हाल उम्मेदवारहरूको संख्या र नाम रूजुको कार्य भइरहेको बताइएको छ ।
काठमाण्डाै निर्वाचन क्षेत्र नंं १० को निर्वाचन अधिकृतको कार्यालयकी निर्वाचन अधिकृत फणेश्वरी घिमिरेले थानकोट टाइम्सलाई दिएको जानकारी अनुसार यस क्षेत्रको संघ तर्फ प्रत्यक्षमा १९ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै यस क्षेत्रको प्रदेश क तर्फ प्रत्यक्षमा ११ तथा प्रदेश ख तर्फ प्रत्यक्षमा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ता गर्ने उम्मेदवारहरूको विरोधमा सोमबार उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।