काठमाण्डाै १० मा माओवादी केन्द्रको तीन वटै क्षेत्रमा उम्मेदवारी
थानकोट ।
माओवादी केन्द्रले काठमाण्डाै क्षेत्र नं. १० तथा प्रदेश तर्फ क र ख दुवै क्षेत्रमा उम्मेदवारको मनोनयन दर्ता गराएको छ ।
आइतबार अपरान्ह सो पार्टीबाट काठमाण्डाै १० को प्रतिनिधि सभा तथा प्रदेश सभाको क र ख दुवै क्षेत्रमा उम्मेदवार खडा गरेको हो । माओवादी केन्द्रबाट पूर्व सांसद् अन्जना विशंखेले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।
त्यस्तै सो क्षेत्रको प्रदेश क तर्फ दिलिप महर्जन तथा प्रदेश ख बाट गणेश कुँवरले उम्मेदवारी दर्ता गराएका हुन् ।