काठमाण्डाै क्षेत्र नं. ९ मा नेकपा माओवादी केन्द्रबाट कल्पना धमला
थानकोट ।
मंसिर ४ का लागि तय भएको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता कार्य जारी छ । केहि क्षेत्रमा को उम्मेदवार बनाउने भन्नेमा दलहरूमा ‘कन्फ्युजन‘ जारी छ । कतिपय स्थानमा भने टिकट खोसाखोसको अवस्था देखिएको विवरणहरू सार्वजनिक भइरहेका छन् ।
आकांक्षी धेरै हुँदा अनि विभिन्न दलहरूबीच तालमेल भइरहँदा हातमा टिकट नआउँदासम्म उम्मेदवारहरू ढुक्क भइहाल्ने अवस्था नभएको बताइएको छ ।
काठमाण्डाै क्षेत्र नं. ९ स्थित नागार्जुनमा रहेको मतदान अधिकृतको कार्यालयमा पनि उम्मेदवारको मनोनयन दर्ताको कार्य जारी रहेको बताइएको छ । सत्तारूढ गठबन्धनका दलहरूको सममति अनुसार माओवादी केन्द्रको भागमा परेको यस क्षेत्रमा आइतबार बिहान मात्रै उम्मेदवार टुंगो लागेको हो । जहाँ माओवादी केन्द्रबाट पूर्व मन्त्री कल्पना धमलाले टिकट पाइन जहाँ सो पार्टीका शंकर दुलालको समेत दाबी थियो ।