पाँचाैं नैकाप गोल्डकपः वाणस्थली युथको सानदार जित

Thankot Times
थानकोट ।
पाँचाैं नैकाप गोल्डकप अन्तर्गत शुक्रबार सम्पन्न दोस्रो खेलमा वाणस्थली युथ सोसाईटीसँग फराकिलो हार व्यहोर्दै न्यु चन्द्र सुर्य क्लब प्रतियोगिताबाट बाहिरिएको छ । खेलमा वाणस्थली युथ ६-० गोल अन्तरले विजयी भयो ।
खेलमा वाणस्थलीका लागि सुमित मगर र सुमन लिम्बुले समान २-२ गोल गरे भने कुमार दोङ र सन्तोष श्रेष्ठले समान १-१ गोल गरे ।
खेलका म्यान अफ दि म्याच वाणस्थली युथका सुमन लिम्बु घोषित भए ।
दोश्रो चरणमा वाणस्थलीले ब्वाइज युनियनको सामना गर्नेछ ।
प्रतियोगिता अन्तर्गत शनिबार समुह चरणका अन्तिम तीन खेल हुनेछन् । समुह बी अन्तर्गत बनेपा ब्वाइज र गुणकेशरी युथ क्लबबीच दिनको पहिलो खेल बिहान ८:३० बजे हुनेछ भने समुह सी मा रहेका तीनथाना युथ क्लब र क्लीन भिजन युनिटि क्लबबीच मध्यान्ह १२ः३० बजे खेल हुनेछ । त्यस्तै प्रतियोगिताको समुह चरण अन्तर्गतको अन्तिम खेल समुह डीका युथ हसनटार र चाैंरी देउराली युथ क्लबबीच दिउँसो २ः३० बजे हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *