कालिमाटीको चर्चित मिठाइ पसलमाथि उपमयेरको एक्सन, पाक्दै थियो गुणस्तरहीन तेलमा समोसा

थानकोट ।
काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलसहितको अनुगमन टोलीले बुधबार पनि महानगरका विभिन्न क्षेत्रको बजार अनुगमन गरेको छ । उपमेयरको टोली कालिमटीस्थित सङ्गम स्वीट्समा पुग्दा समोसा पाक्दै गरेको थियो
अनुगमन टोलीले तेलको गुणस्तर नरहेको पाएपछि उपमेयर डंगोलले तत्काल डिस्पोज गर्न निर्देशन दिइन् । त्यस्तै अन्डर्ग्राउन्डमा रहेको किचेन नजिक दुर्गन्धित रहेको र पानी जम्ने ठाउँहरू रहेकोले सफा गर्न पनि निर्देशन दिइन् ।
महानगरको अनुगमन टोली बुधबार कालिमाटी क्षेत्रको बजार अनुगमनमा पुगेको छ । अनुगमन टोली पुगेपछि केही व्यापारीहरू पसल बन्द गरेर लुकेका थिए ।