पाँचाैं नैकाप गोल्डकपः मध्यपुर जागरूकको विजयी सुरूवात, ल्याक्टो लक्ष्य १-० स्तब्ध

Thankot Times

थानकोट ।

नैकाप गोल्डकपको पाँचाै संस्करण अन्तर्गत मंगलबार सम्पन्न दोश्रो खेलमा मध्यपुर जागरूक युवा क्लब विजयी भएको छ । समुह सी अन्तर्गतको खेलमा ल्याक्टो लक्ष्यमाथि १-० को जित निकाल्दै मध्यपुरले दोश्रो चरणको यात्रा निश्चित गरेको हो ।

मध्यपुरका लागि धिरज श्रेष्ठले पहिलो हाफमा गरेका थिए । पहिलो हाफ तालमेलमा कमजोर देखिएको ल्याक्टो दोस्रो हाफमा केहि सुदृढ देखिए पनि खेल फर्कन असफल रह्यो 

ल्याक्टो लक्ष्यका सौरव शाही ठकुरी दोस्रो हाफमा रातो कार्ड खादै बाहिरिए पछि ल्याक्टो अन्तिम समयमा १० खेलाडीमा सिमित बनेको थियो ।
खेलमा म्यान अफ दि म्याच मध्यपुर जागरूक युथका प्रसिद्ध खड्का चुनिए ।

यसअघि मंगलबार सम्पन्न दिनको पहिलो खेलमा समुह बी अन्तर्गत गणेशमान स्मृति फुटसल क्लबले काठमाडौ कलेज अफ सेन्ट्रल स्टेट विरूद्ध ६-० को एकपक्षीय नतिजा आत्मसाथ गर्यो ।

प्रतियोगिता अन्तर्गत बुधबार समुह डी मा रहेका किटीनी भन्ज्याङ्ग युवा क्लब र साबिक उपविजेता ब्लुबेल एफसी बिच मध्यान्ह १२ः३० बजे खेल हुनेछ । त्यस्तै, दिउँसो २ः३० बजे समुह ए मा रहेका मातृभूमी युथ क्लब र ब्वाइज यूनियनबीच खेल हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *