एनसीसी बैंक र कुमारी बैंक मर्जरमा जाने, मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने

Thankot Times

थानकोट ।

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) र कुमारी बैंक मर्ज हुने भएका छन् । सोमबार मेरियट होटलमा दुई बैंक बीच मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर (एमओयू) भएको छ ।

सोमबार एओयूमा एनसीसी बैंकका तर्फबाट मर्जर कमिटी संयोजक तथा सञ्चालक चन्द्र बाँस्तोला र कुमारी बैंकका तर्फबाट मर्जर कमिटीका संयोजक तथा सञ्चालक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

दुई बैंकबीच सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) १ः१ मा मर्जर हुने सहमति भएको हो ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुने छन् । कुमारीका रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुने छन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने छ । यस्तै सञ्चालक समितिमा एसीसीबाट ४ जना र कुमारीबाट ३ जना हुनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *