मच्छेगाउँमा असोज ८ गतेदेखी हरेक शनिबार शहरी हाटबजार सञ्चालन हुने

Thankot Times

थानकोट ।

स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँमा शहरी हाटबजार एवं दशैं मेला सञ्चालन हुने भएको छ ।

मच्छेनारायण शहरी हाटबजार व्यवस्थापन समितिको आयोजना सञ्चालन हुने उक्त हाट बजारमा स्थानीय रूपमा उत्पादन हुने कृषि उपज, दुग्ध उत्पादन, मत्स्य उत्पादन लगायत स्थानीय स्तरमा उत्पादन हुने औद्योगिक सामाग्रीहरूको खरिद बिक्री गर्न सकिने बताइएको छ । साथै, मेलामा स्थानीय माैलिक खानाका परिकारका स्टल समेत राखिने भएको छ ।

मेला दिउँसो ३ बजेबाट साँझ ७ बजेसम्म सञ्चालन हुने चन्द्रागिरि ९ का वडाध्यक्ष अच्युत अधिकारीले जानकारी दिनुभयो । हाटबजार एवं दशैं मेला व्यवस्थापनका आवश्यक अस्थायी संरचनाहरूको व्यवस्था भइसकेको मच्छेनारायण शहरी हाटबजार व्यवस्थापन समितिका संयोजक एवं वडा नंं ९ का वडा सदस्य समिन केसीले जानकारी दिनुभयो ।

शहरी हाटबजर हरेक शनिबार साप्ताहिक रूपमा सञ्चालन हुने बताइएको छ । आगामी शनिबार दशैं पर्व लक्षित गरि खसी बोका बिक्री वितरणका लागि हाट बजार सञ्चालन हुनेछ ।

मच्छेनारायण क्षेत्रमा साप्ताहिक रूपमा हाट बजार सञ्चालनका लागि गत साता सर्वदलीय बैठकले बजार व्यवस्थापन समिति गठनको निर्णय गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *