कुमारी बैंकको १९९औं शाखा गुर्जुधारामा

थानकोट ।
नेपालको १५ औँ वाणिज्य बैंकको रुपमा स्थापना भएको कुमारी बैंक लिमिटेडले चन्द्रागिरि नगरपालिकामा पनि आफ्नो शाखा विस्तार गरेको छ । चन्द्रागिरि नगरपालिका १२ गुर्जुधारामा बुधबार सो बैंकको १९९औं शाखाको बागमती प्रदेशका निवर्तमान सांसद् रमा आलेमगरले उद्घाटन गर्नुभएको हो ।
सो क्रममा स्थानीय उद्योग व्यवसायी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
कुमारी बैंकका बागमती प्रदेश प्रमुख नविनराज पाैडेलले आज एकैदिन कुमारी बैंकका ८ वटा एक्सटेन्सन काउन्टर विस्तार गरिएको जानकारी दिनुहुँदै बलम्बु शाखाबाट सेवाग्राहीहरूको चाहना अनुसारका सेवा दिइने बताउनुभयो ।
सो बैंकको गुर्जुधारा शाखाका प्रबन्धक विनय महर्जनले गुर्जुधारा शाखाबाट स्थानीय बासीहरूले अत्याधुनिक बैङ्किङ सुविधा प्राप्त गर्ने बताउनुहुँदै सो शाखाबाट निक्षेप संकलन, ऋण प्रवाह लगायतका सबै बैङ्किङ सुविधा उपलब्ध उपलब्ध हुने बताउनुभयो ।
आफ्नो स्थापनाकाल देखि नै आधुनिक बैकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको हाल बैंकले आफ्ना २२८ सेवा विन्दुहरू मार्फत १९२ शाखा संजाल, १३ विस्तारित काउन्टर लगायत २३ शाखा रहित बैकिङ्ग इकाई समावेश देशका सहरी, अर्ध सहरी एवं दुर्गम क्षेत्रहरुमा सेवा दिँदै आएको छ।