संविधान दिवसका अवसरमा चन्द्रागिरि नगर निवासी दुईसहित ९९८ जनालाई विभुषण र अलंकार

Thankot Times

थानकोट ।

संविधान दिवसका अवसरमा विभिन्न मानपदवी, अलंकार र पदकद्वारा ९९८ जना विभूषित हुने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले चन्द्रागिरि नगरपालिकामा बसोबास गर्ने २ जनासहित ९९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गर्नुभएको छ ।

संविधान दिवसको अवसर पारेर सरकारले आज विभूषित हुनेहरूको नामावली सार्वजनिक गरेको छ ।

यसपटक चन्द्रागिरि नगरपालिका १० बोसिगाउँ निवासी बक्सिङ खेलाडी दिपक महर्जन सुकीर्ति पदक तथा चन्द्रागिरि १२ बलम्बुकी अस्पताल नर्सिङ निरिक्षक निर्मला शर्मा जनसेवा श्री पदकबाट विभूषित हुने नेपाल सरकारले प्रकाशित गरेको सूचीमा उल्लेख गरिएको छ ।

यो पटक नेपाल रत्न स्वर्गीय पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त प्रदान गर्ने सरकारले घोषणा गरेको छ ।

यस्तै राष्ट्र गौरव स्वर्गीय जीवराज न्यौपाने, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष र सत्यमोहन जोशीलाई प्रदान गरिने भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *