ताइवानमा ६.८ म्याग्निच्युडको भूकम्प, सुनामी आउन सक्ने चेतावनी

Thankot Times

थानकोट ।

आइतबार ताइवानको कम जनसंख्या भएको दक्षिणपूर्वी भागमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ ।

टापुको मौसम विभागका अनुसार भूकम्पले रेलगाडीहरू पटरीबाट खसेको थिए भने सुनामीको चेतावनी दिइएको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ ।

कम्पको केन्द्रविन्दु ताइतुङ काउन्टीमा रहेको र सोही क्षेत्रमा शनिबार साँझ ६.४ म्याग्निच्युडको भूकम्प गएको मौसम विभागले जनाएको छ । तर, त्यहाँको क्षतिको विवरण भने आइसकेको छैन ।

संयुक्त राज्य अमेरिकाको भौगर्भिक सर्वेक्षणले भूकम्प ७.२ म्याग्निच्युडको रहेको र १० किलोमिटर गहिराइमा रहेको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *