एएफसी यू-२० एसियन कप छनोटः नेपालले आज बङ्गलादेशसँग खेल्दै

Thankot Times

थानकोट ।

२० वर्षमुनिको एसियन कप छनोटमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ ।

छनोटमा नेपालले आज चौथो तथा अन्तिम खेल खेल्न लागेको हो ।

खेल बहराइनको शेख अलि बिन मोहमद अल खालिफा मैदानमा राति पौने ९ बजे सुरु हुनेछ । नेपालले यसअघिका तीन खेलमा लगातार हार ब्यहोरेको छ । नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपाल पहिलो खेलमा भुटानसँग २–०, दोस्रो खेलमा कतारसँग ३–१ र तेस्रो खेलमा आयोजक बहराइनसँग ६–० गोलले पराजित भएको थियो ।

समूह ‘बी’ मा रहेको नेपाल अङ्कविहीन छ । आजको खेलमा बङ्गलादेशलाई हराउन सकेमा तीन अङ्कसहित सुखद अन्त्य हुनेछ । बङ्गलादेशले भुटानलाई हराएको थियो भने बहराइनसँग गोलरहित बराबरी खेलेको थियो ।

समूह विजेता टोलीले सन् २०२३ मा उज्वेकिस्तानमा हुने २० वर्षमुनिको एसियन कपमा स्थान बनाउनेछ । सबै तीन खेलमा जित निकालेको कतार ९ अङ्कसहित शीर्षस्थानमा छ । बहराइनको ७ अङ्क छ । अब कतार र बहराइनमध्ये एउटा टोलीले एसियन कपमा स्थान बनाउनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *