बन्दुक नहुँदा इँटाको सहायताले अभ्यास गर्दै सुटिङ खेलाडी

Thankot Times

थानकोट ।

अभ्यासको लागि आवश्यक राइफल र पेस्तोल उपलब्ध नहुँदा दाङका सुटिङ खेलाडी इँटाको सहायताको अभ्यास गर्न बाध्य भएका छन्।

बाँकेको नेपालगञ्जजमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको प्रदेशस्तरीय छनोटका लागि दाङका खेलाडीले इँटाको सहायतले सुटिङको अभ्यास गर्न बाध्य भएका हुन्।

सुटिङको लुम्बिनी प्रदेशस्तरीय छनोट असोज ९ र १० गते हुँदैछ।

भदौ १९ गते जिल्ला स्तरीय छनोट सकिएपछि सुटिङका खेलाडी यतिबेला तुलसीपुरस्थित टेबलटेनिस कबर्ड हलमा अभ्यास गर्दै आएका छन्।

जिल्लाबाट प्रदेश छनोटका लागि १२ जना खेलाडी छनोटमा परेको र उनीहरुका लागि अभ्यास गर्न आवश्यक राइफल र पेस्तोल उपलब्ध नहुँदा इँटा उठाएर अभ्यास गर्ने गरेको जिल्ला अध्यक्ष केशव चौधरीले जानकारी दिए सेतोपाटी अनलाइनमा खबर छ।

‘जिल्लामा उपलब्ध रहेका दुई राइफल र एउटा पेस्तोल बिग्रिएका छन्,’ अध्यक्ष चौधरीले भने ‘ती बन्दुकले फायर गर्न मिल्दैन। त्यसैले हामी पालैपालो कहिले इँटा त कहिले फायर नहुने राइफल-पेस्तोलले होल्डिङ मात्रै गरेर अभ्यास गर्ने गर्छौं।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ