सुरु भयो एमडीएमएस, दर्ता नभएका मोबाइल नचल्ने

Thankot Times

थानकोट ।

नेपाल दुरसञ्चार प्राधिकरणले बिहीबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ ।

नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न आजदेखि यो प्रणाली कार्यान्वयनमा आएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो ।

यसको ‍औपचारिक सार्वजनिक भने दिउँसो सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गर्नेछन् ।

यो प्रणाली कार्यान्वयन भएसँगै नेपाल भित्रिने सबै मोबाइल दर्ता गर्नुपर्नेछ । यदि दर्ता नभएको खण्डमा नेपालमा ती मोबाइल सञ्चालन हुनेछैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *