सुनको भाउ लगातार घट्दै

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको भाउमा आज पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

बुधबार प्रतितोला ९२ हजार ८०० रुपैयाँ रहेको छापावाल सुनको भाउ बिहीबार घटेर ९२ हजार ५०० रुपैयाँमा कारोबार हुने भएको छ । त्यस्तै, तेजावी सुन यसअघि ९३ हजार ३०० रुपैयाँमा कारोबार हुँदै आएकोमा आज घटेर ९२ हजार रुपैयाँमा कारोबार हुने भएको छ ।

यता, चाँदी भने प्रतितोला पाँच रुपैयाँले घटेर कारोबार हुने भएको छ । यसअघि प्रतितोला एक हजार १७५ रुपैयाँ रहेको चाँदलिाई आज प्रतितोला एक हजार १८० रुपैयाँ पर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *