साफ यू-१७ च्याम्पियनसिपको उपाधी भारतलाई, नेपाल ४-० ले पराजित

Thankot Times

थानकोट ।

श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिपको उपाधी भारतले जितेको छ । भारतले नेपाललाई ४-० ले पराजित गर्दै सो उपाधी जितेको हो ।

नेपालले श्रीलंकालाई ६–० ले तथा भारतले बंगलादेशलाई २–१ ले पराजित गरेर फाइनलमा भेट पक्का गरेको थियो ।
समुह चरणमा नेपालले भारतलाई ३–१ ले हराएको थियो ।

भारतलाई जित दिलाउन बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले  एक एक गोल गरे।

कोलम्बोको रेस कोर्स ग्राउण्डमा खेलको १८ औं मिनेटमा बोबीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए ।

३० औं मिनेटमा कोरोउ सिंहले गोल गर्दै भारतलाई २-० को अग्रता दिलाए ।

खेलको ३९ औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो । भारतका ड्यानीलाई फउल गरेपछि कप्तान प्रशान्त लक्समले रातो कार्ड पाए ।

खेलको ६३ औं मिनेटमा कप्तान गुइटेले गोल गर्दै भारतलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा अमनले गोल गर्दै भारतलाई ४-० को जित दिलाए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ