असोज १ गते शनिबार नेकपा एमालेको वाकाथन

Thankot Times

थानकोट ।

संविधान दिवसको अवसरमा नेकपा एमालेले शनिबार बिहान काठमाडौंमा ‘वाकाथन’ गर्ने भएको छ ।

चुनावका लागि सबै आन्तरिक तयारी पूरा गरेको भन्दै एमालेले वाकाथनमार्फत् शक्ति प्रदर्शन गर्न लागेको हो। केन्द्रीय कमिटीले आयोजना गर्ने वाकाथन राजधानीका ५ स्थानबाट सुरु हुनेछ ।

ललितपुरको कुपण्डोल, काठमाडौंको कालीमाटी, नयाँ बानेश्वर, मैतीदेवी र लैनचौरबाट शनिबार बिहान ७ बजे वाकाथन सुरु हुने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए । मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावलाई समेत लक्षित गर्दै एमालेले गर्न लागेको वाकाथनका लागि जनसंगठन, उपत्यकाका कमिटी र सम्पर्क मञ्च समन्वयन कमिटीलाई परिचालन गरेको छ ।

यसैबीच नेकपा एमाले चन्द्रागिरि नगर कमिटिले सो वाकाथनमा सहभागिताका लागि सबैमा अनुरोध गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *