स्वास्थ्य सहुलियत कार्ड बनाउन वडा कार्यालय गएका हरिचन्द्र फर्किएनन्

Thankot Times

थानकोट ।

नगरपालिकाले उपलब्ध गराएको स्वास्थ्य सहुलियत कार्ड बनाउन वडा कार्यालय गएका कीर्तिपुर नगरपालिका- ६ चोभारका हरिचन्द्र महर्जनको सवारीको ठक्करबाट मृत्यु भएको छ ।

मंगलबार दिउँसो हरिचन्द्र महर्जन तथा उनकी पत्नी शर्मिला महर्जन सवार बा ५९ प २११० नम्बरकाे मोटरसाइकललाई  हुपिल्याण्ड माेडमा विपरित दिशाबाट गइरहेको बा ८ च ७१५० नम्बरकाे गाडीले ठक्कर दिएको बताइएको छ । गाडीको ठक्करबाट घाइते भएका महर्जन दम्पतीको बयोधा अस्पतालमा उपचारका लागि पुर्याएएका हरिचन्द्रको मृत्यु भएको हो । प्रहरीले घटना संलग्न गाडीमा रहेका एक जनालाई नियन्त्रणमा लिएको छ ।

स्थानीय बासीहरूले एक मोटरसाइकल कम्पनीको सवारी साधनको ठक्करका कारण घटना घटेको भन्दै प्रहरी वृत्त कीर्तिपुरमा भेला भई दोषीमाथि कारबाही तथा पिडितका परिवारजनलाई न्यायोचित क्षतिपूर्तिका लागि दबाब दिइरहेको स्थानीय वीरेन्द्र शाक्यले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।

स्थानीयले टाैदहस्थित सो मोटरसाइल कम्पनीको गोदाममा ताला लगाइदिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *