महिला साफ इतिहासमा भारतकाे पहिलाे हार, सेमिफाइनलमा नेपालसँग खेल्ने
थानकोट ।
काठमाण्डाैमा जारी महिला साफ च्याम्पियनसीप फुटबलकाे इतिहासमा भारतले पहिलाे हार बेहाेरेकाे छ ।
छैटौँ संस्करणको च्याम्पियनसीप अन्तर्गत मंगलबार भएको खेलमा बङ्ग्लादेशले भारतलाई ३–० गाेलले हराएकाे हाे । याे सँगै बङ्ग्लादेशले भारतलाई पहिलाे पटक हराएकाे छ ।
दशरथ रङ्गशालामा भएकाे खेलमा बङ्ग्लादेशका लागि मोसमात सिराज जाहान सोप्नाले दुई र कृष्णारानी सरकारले एक गोल गरे । जितसँगै बङ्ग्लादेश समूह विजेता बन्दा भारत भने उपविजेता बनेकाे छ ।
याे सँगै सेमिफाइनल समीकरण पूरा भएकाे छ ।
समूह ‘बी’ बाट नेपाल र भुटान सेमिफाइनलमा पुगिसकेका छन् । नेपालले अब फाइनल प्रवेशका लागि भारतसँग खेल्नेछ ।