चन्द्रागिरिका स्वनिम, सानुमाया, अन्जलीसहित १२ जना खेलाडी २१ औं एकेएफ कराँतेका लागि छनोट

Thankot Times

थानकोट ।

२१ औं एकेएफ कराँते च्याम्पियनसिप (ताशकन्द) प्रतियोगिताका लागि खेलाडीहरुको छनोट सम्पन्न भएको छ।

छनोट भएका खेलाडीहरुमा पुरुष तर्फ ५५ केजी तर्फ सोजन मोक्तान ६० केजी तर्फ  मिन बहादुर तामाङ, ६७ केजी तर्फ सन्तोष श्रेष्ठ र ६७ के.जी. तर्फ शिबु ओड रहेका छन्। त्यस्तै, ८४ केजी तौल समूहमा मोहम्मद सेखु आलम रहँदा सोही उमेर माथिको क्याटगोरीमा  तेन्जिङ शेर्पा छनोट भएका छन्। त्यस्तै कातातर्फ सोनिम मानन्धर छनोट भए।

महिला तर्फ ५० केजी तौल समूहमा अञ्जली महर्जन छनोट हुँदा  सबिना श्रेष्ठले  ५५ केजी तौल समूहमा छनोट भइन्। त्यस्तै निरुपा दोङ तामाङ ६२ केजी तौल समूहमा रहँदा एरिका गुरुङ ६८ केजी माथिको तौल समूहमा छनोट भइन्।

सानुमाया थिङ कातातर्फ छनोट हुन सफल भइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *