सङ्घीय संसद्का दुवै सदनलाई राष्ट्रपतिले पाैडेलले वैशाख १९ गते सम्बोधन गर्ने

Thankot Times

थानकोट ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त कुरा बताएका हुन् । 

सञ्चार मन्त्री  गुरुङका अनुसार राष्ट्रपति पौडेलले दिउँसो तीन बजे सङ्घीय संसद्का दुवै सदन(प्रतिनिधि सभा र राष्ट्रिय सभा) बैठकलाई सम्बोधन गर्ने छन् । 

मन्त्री, सचिव र केही आयोगका व्यक्तिहरूको विदेश भ्रमण समेत मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको  उनले बताए । 

आजको बैठकमा शिक्षक आन्दोलनको बारेमा कुनै निर्णय नभएको समेत उनले बताए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ