चन्द्रागिरि नगर क्षेत्रमा रहेका ६ वटा कम्पनीमाथि कारबाही, १ कम्पनीमाथि ३ लाख जरिवाना

Thankot Times

थानकोट ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सतुङ्गलस्थित विश्वनाथ ट्रेड हाउस प्रा.लि.लाई नगद ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।

दैनिक बजार अनुगमनका क्रममा विभागबाट खटिएको टोलिले उक्त फर्ममा छापा मार्दा कम्पनीले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८(४) को कसुर गरेको भेटिएपछि तत्काल नगद जरिवाना गरेको हो ।

उक्त कसुरदार कम्पनीलाई सोही ऐनको दफा २९ को १ (ख) बमोजिम नगद जरिवाना गरिएको विभागले जनाएको छ । 

यसैगरी विभागले अन्य उत्पादन, बिक्रीका होलसेल तथा खुद्रा व्यापारिक फर्महरुमा समेत अनुसन्धान गर्दा उपभोक्ता संरक्षण ऐन विपरित गतिविधि गरेको, बिक्री वस्तुको लेवल र एमआरपी नराखेको भन्दै कारबाही गरेको छ । 

ऐन बमोजिम काम कारबाही र व्यापार नगर्ने अन्य १४ वटा उद्योग, फर्म तथा कम्पनीहरुलाई व्यवसायको कागजातसहित तीन दिन भित्र वाणिज्य विभागमा उपस्थित हुन निर्देशन गरेको छ । 

विभागद्वारा जारी विज्ञप्तीः


Leave a Reply

Your email address will not be published. Required fields are marked *